• Friday 11th of September 2026

भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत्यु


  • आशाका किरण
In this photograph taken on June 3, 2020 relatives and workers wearing Personal Protective Equipment (PPE) watch as the body of a person who died from the COVID-19 coronavirus is cremated in a pyre, at the Nigambodh Ghat cremation ground in New Delhi. - Queues of mourners waited in the summer heat at the entrance to New Delhi's biggest crematorium as a backlog of coronavirus victims inside tested the nerves of hard-pressed workers. The Nigambodh Ghat has been working overtime since the Indian capital became a pandemic hotspot. But only three of the six furnaces used for the virus dead are working so the slower, traditional wood pyres have had to be called in. (Photo by Sajjad HUSSAIN / AFP)

१७ कात्तिक (रासस–एएनआई) : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभरी हाल पाँच लाख ६१ हजार ९०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २५ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij