• Friday 24th of July 2026

मङ्गलबार अफगानिस्थानमा राष्ट्रिय शोकको घोषणा


  • आशाका किरण
A blood-stained Taliban flag is seen on the window inside the Kabul University after a deadly attack in Kabul, Afghanistan, Tuesday, Nov. 3, 2020. The brazen attack by gunmen who stormed the university has left many dead and wounded in the Afghan capital. The assault sparked an hours-long gun battle. (AP Photo/Rahmat Gul)

अफगानिस्तानको सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सोही सङ्ख्यामा मानिसहरू घाइते भएका थिए । आक्रमणकारीले विश्वविद्यालय परिसरमा विष्फोटक पदार्थ प्रयोग गरी हमला गरेका थिए ।

राष्ट्रपतिको कार्यालयका अनुसार मङ्गलबार देशभरका मस्जिदमा हमलामा ज्यान गुमाउनेको सम्झनामा प्रार्थना गरिने र अफगानिस्तान र विदेशस्थित अफगानी नियोग तथा कार्यालयहरूमा राष्ट्रिय झण्डालाई आधा झुकाइने छ ।

राष्ट्रपति मोहम्मद असरफ घानीले आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij