• Wednesday 9th of September 2026

एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन हुने


  • आशाका किरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मेलम्ची नगरपालिकाबीच लगानी साझेदारीसहित चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । परियोजनाका प्रमुख प्रकाश पौडेल र नगरपालिकाका प्रमुख डम्बर अर्यालबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कृषि आधुनिकीकरणका लागि यान्त्रीकरण मैत्री गह्रा सुधारलगायत बाँझिएका जग्गाहरुमा चक्लाबन्दी गर्न सकिने सम्भाव्यताको समेत अध्ययन भएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाई उत्पादन वृद्धि गर्न सञ्चालित जमीन चक्लाबन्दी कार्यक्रम नगरपालिकामा पनि सञ्चालन हुने भएको हो । भूमिको बढ्दो खण्डीकरण एवं जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ । यसबाट खेतीबाली लगाउन सहज हुनुका साथै कम लागतमै उत्पादन वृद्धि हुने विश्वास गरिएको छ ।

कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेतीका माध्यमबाट टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको लक्ष्य अनुरुप यस नगरपालिकामा पनि सो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो । खेतीयोग्य भूमिलाई अन्य प्रयोजनको लाागि अतिक्रमित हुन नदिई त्यस्तो भूमिको जगेर्ना गर्ने, जग्गा बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृतिलाई निरुत्साहन गर्ने तथा रोजगारीको अवसर सिर्जना गर्न चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij