• Tuesday 8th of September 2026

चर्चित पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो सार्वजनिक


  • आशाका किरण

पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ ।

प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो नेपालको काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन गरिएको हो ।

आज भन्दा ६ वर्ष अगाडि नै रेकर्ड गरीएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको यस गीतका संगीतकार किरण कँडेलले बताए।तिहारमा बज्ने एउटै प्रकृतिको गीतभन्दा भिन्न प्रकारको गीत निर्माण गर्न उत्प्रेरित भई यो गीतको सृजना गरिएको गीतकार सुनिल कोइरालाले बताए ।

एउटै गीतमा देउसी र भैलो मिश्रित गीतनिकै कम बनेकोले यो गीतलाई फरक र मौलीक रुपमा निर्माण गर्न कोसिस गरिएको संगीतकार किरण कँडेलको भनाई छ ।गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ भने भिडियोको निर्देशन शिवु श्रेष्ठले गर्नुभएको हो ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij