• Saturday 25th of July 2026

हाँडीगाउँको प्रवद्र्धनका लागि रु एक करोड बजेट


  • आशाका किरण
dxfgu/k|d'v zfSoaf6 dGtJo JoQmsf7df8f}Fdf zlgaf/ ;DkGg g]jfM kqsf/ /fli6«o ba"sf] 5}7f}+ ;fwf/0f;efdf z'esfdgf dGtJo JoQm ub}{ sf7df8f}F dxfgu/kflnsfsf k|d'v ljBf;'Gb/ zfSo . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रबद्र्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ । काठमाडौं–५ मालीगाउँस्थित ऐतिहासिक ध्येः छेंः को पुनर्निर्माणका लागि स्थलगत निरीक्षण गर्दै शाक्यले सो क्षेत्रको अनुसन्धानका लागि रु एक करोड व्यवस्था गरिएको र महानगरपालिकाका तर्फबाट चाँडै सो क्षेत्रका पुरातात्विक सम्पदाको अध्ययन गरिने बताउनुभयो ।

काठमाडौं उपत्यकामा साँखुपछि दोस्रो पुरानो बस्ती हाँडीगाउँ क्षेत्रमा पुराना मठमन्दिर, जात्रा तथा पर्वकोे संरक्षण तथा प्रबद्र्धन गर्नु महानगरपालिकाको आफ्नो दायित्व रहेको स्पष्ट गर्दै शाक्यले मैतीदेवी मन्दिरको खट तथा देवता राख्ने घरको मङ्सिरभित्र परम्परागत स्वरूपमा शिलान्यास गरिने जानकारी पनि दिनुभयो । काठमाडौंँस्थित मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीका रुपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वका अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देवता राखिने घर ‘ध्येः छेंः’ को निर्माण अनुमानित लागत रु दुई करोड ६ लाख छ ।

काठमाडौंँ क्षेत्र नं ५ (क) वाग्मती प्रदेशसभा सदस्य नारायण सिलवाल, तत्कालीन संविधानसभा सदस्य रत्न गुरुङ, कामपा– ५ का वडाध्यक्ष रमेश डङ्गोललगायत सो क्षेत्रको निरीक्षण गर्नुभएको थियो । स्थानीय सरोकार पक्षको उपभोक्ता समिति गठन गरेर भवन बनाउने तयारी भएको प्रदेशसभा सदस्य सिलवालले जानकारी दिनुभयो । मालीगाउँमा परापूर्वकालमा देवता तथा खट राख्ने ‘ध्येः छेंः’ बनाइएको थियो । सो भवन जीर्ण भएपछि आधुनिक रुपमा पुनर्निर्माण गरिएको थियो । अब भने प्राचीन शैलीमै निर्माण गरिने जनाइएको छ । सो भवनमा नेवार समुदायले भाइटीका तथा म्हपूजासमेत गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij