• Saturday 25th of July 2026

अमेरिकी राष्ट्रपति ट्रम्पमा जेठा छोरा पनि सङ्क्रमित


  • आशाका किरण
(FILES) In this file photo taken on September 26, 2016, Republican presidential nominee Donald Trump (R) stands with his son Donald Trump Jr. after the first presidential debate at Hofstra University in Hempstead, New York. President Trump denied on July 27, 2018, knowing about a 2016 meeting between top members of his election campaign team and a Russian lawyer, disputing reported claims by his former attorney, Michael Cohen. "I did NOT know of the meeting with my son, Don jr," Trump said in a tweet. / AFP PHOTO / Jewel SAMAD

६ मङ्सिर (रासस÷एएनआई) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् ।

“कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ,” ती प्रवक्ताले भनेका छन्।
सङ्क्रमित पुष्टि भएसँगै उहाँ क्यारेन्टाइनमै रहनु भएको पनि प्रवक्ताले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो ।

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी हुनुभएको थियो । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सवैले मास्क लगाएका थिएनन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij