• Friday 11th of September 2026

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त


  • आशाका किरण
Democratic U.S. presidential nominee Joe Biden speaks about the 2020 U.S. presidential election results during an appearance in Wilmington, Delaware, U.S., November 4, 2020. REUTERS/Kevin Lamarque

वासिङ्टन, १६ मंसिर (रासस–एएनआई) –– अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गर्नु भएको छ ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहनु भएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताउनु भएको छ । उहाँहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहनु भएको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताउनु भएको छ ।

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नु हुनेछ । उहाँले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नु हुनेछ । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गर्नु भएको छ ।

उहाँले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गर्नु भएकामा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij