• Wednesday 9th of September 2026

‘लाहा’ खेतीको शुरुआत


  • आशाका किरण
klxnf]k6s …nfxfÚ v]tLsf] z'?cft ef]hk'/, !% dªl;/ M ef]hk'/sf c?0f ufpFkflnsf–& l;s|6f/df /x]sf] vo/ ¿vsf] xfFufdf nfxf pTkfbg ug]{ nfxLsL/f -j|'0f_ /fVb} :yfgLojf;L . lhNnfdf nfxf v]tLsf nflu klxnf] l8lehg jg sfof{non] yfngL u/]sf] xf] . nfxfsf] sRrf kbfy{ k|lts]hL ? @%) ;Dddf laqmL x'g] / o;sf] k|zf]wg u/]kl5 k|lts]hL ? Ps xhf/ *)) b]lv b'O{ xhf/;Dddf laqmL x'g] u/]sf] lhNnf jg sfof{no ef]hk'/sf k|d'v lji0f'nfn l3ld/]n] hfgsf/L lbg'eof] . lhNnfsf] k"jL{ / blIf0f If]qsf gbL, vf]nf lsgf/ tyf :yfgLo lghL hUufdf vo/ tyf ao/df o;sf] k|z:t ;Defjgf /x]sf] sfof{non] hgfPsf] 5 . t:jL/ M o'j/fh lji6÷ /f;;

भोजपुर, १५ मङ्सिर (रासस) : भोजपुरमा पहिलो पटक लाहाखेतीको शुरुआत् गरिएको छ । निजी, सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउने लक्ष्यसाथ डिभिजन वन कार्यालय भोजपुरले लाहाखेतीको थालनी गरेको हो । विषेश गरेर बढी तापक्रम तथा सुख्खाग्रस्त क्षेत्रमा पाइने खयर, बयरलगायत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो अभियानको थालनी गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयले अरुण गाउँपालिकाका तीन सामुदायिक र निजी वनमा परीक्षणको रुपमा लाहाखेती थालनी गरेको हो । विज्ञहरुको समूहसहित धनकुटा जिल्लाबाट बीउ ल्याएर रुखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकीरा (भ्रुण) छाडेर यसको थालनी गरिएको जिल्ला डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । प्रमुख घिमिरेले भन्नुभयो,‘‘ भोजपुरमा पहिलो पटक लाहाखेतीको शुरु भएको छ, मैले यहाँको कार्यालय प्रमुखको जिम्मेवारी लिए पश्चात पहिलो पटक यसको थालनी गरेको छु, यहाँका तल्लो तटीय क्षेत्र अर्थात बेँसीभेगका वनमा यसको सम्भावना धेरै छ, यसको व्यावसायिकखेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ भने यो लगाई सकेपछि हाँगा काट्न नमिल्ने भएकोले वनको पनि संरक्षणमा टेवा पुग्छ ।’’लाहाको कच्चा पदार्थ प्रतिकेजी रु २५० सम्ममा बिक्री हुने र यसको प्रशोधन गरे पश्चात प्रतिकेजी रु एक हजार ८०० देखि दुई हजारसम्ममा बिक्री हुन्छ । ‘‘यो खेतीमा धेरै मेहनत गर्नु पर्दैन, एक पटक लगाएपछि वर्षमा दुई पटक सङ्कलन गर्न सकिन्छ । फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतीय बजारबाट आउने गरेकोले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्देश्यले यहाँ पनि लगाउन शुरु गरेका हौँ”, प्रमुख घिमिरेले भन्नुभयो ।

यस अघि लगाएका ठाउँमा एउटा रुखबाट सय केजीसम्म सङ्कलन गरेको किसानले बताउने गरेको उहाँले जानकारी दिनुभयो । तल्लो भेग तथा नदी खोलाका किनार एवं तिनीहरुको आसपासका खयर, बयर, मौवालगायतका प्रजातिका रुख भएका जङ्गल उपयुक्त रहेको कार्यालयले जनाएको छ । रुखको हाँगामा लाहा उत्पादन गर्ने लाही कीरा (भ्रुण)हरु छाडिएको हो । अहिले शुरु भएकाले भविष्यमा राम्रो भएमा आगामी दिनमा सरोकारवाला पक्षसँग सहकार्य गरेर विस्तार गर्ने कार्यालयले जनाएको छ । निजी तथा विभिन्न सामुदायिक वनमा यसको बीउ लगाइएको हो । विषेश गरेर खयर, बयरमा उत्पादन भएको लाहाले राम्रो मूल्य पाउने भएकोले सो प्रजातिका रुखलाई प्राथामिकतामा राखिएको छ ।

अन्य प्रजातिका रुख भन्दा खयर र बयरमा उत्पादन भएको लाहाको बजार मूल्य राम्रो रहेको झापामा लाहाको उद्योग सञ्चालन गर्दै आउनु भएका विज्ञ डम्बर विकले जानकारी दिनुभयो । विकले भन्नुभयो,‘‘ मैले भारतमा १५ वर्ष बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेको अनुभव छ , नेपालमा पनि यसको सम्भावना धेरै छ, यहाँ राम्रो उत्पादन गर्न सके भारतबाट यसको आयात रोक्न सकिन्छ ।” यसको व्यावसायिक रुपमाखेती गर्न सके आयस्तर राम्रो हुने विश्वास गरिएको छ । यसले सुख्खा क्षेत्रका सामुदायिक तथा निजी क्षेत्रका उपभोक्ताको आयस्तरमा वृद्धि तथा वनको संरक्षण हुने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घ भोजपुरका अध्यक्ष राजन राईले बताउनुभयो । लाहाको उत्पादन राम्रो गर्न सकेमा सामुदायिक वनको आर्थिक अवस्थामा सुधार हुने उहाँको भनाइ छ । अध्यक्ष राईले भन्नुभयो,‘‘वन कार्यालयले थालनी गरेको यो अभियान निकै राम्रो छ, लाखौँ लाख आम्दानी गर्न सकिने वन अहिले घाँस, दाउराको लागि मात्र प्रयोग हुँदै आएको छ, यसलाई ती वनमा विस्तार गर्न सके राम्रो आम्दानी लिन सकिने रहेछ भने वनको पनि संरक्षण हुने देखियो ।’’ परीक्षण गरिएको रुखबाट उत्पादन राम्रो भएमा थप विस्तार गर्ने अरुण गाउँपालिका–७ का बुद्धि खड्काले बताउनुभयो । जिल्लाको पूर्वी र दक्षिण क्षेत्रका नदी, खोला किनार तथा स्थानीय निजी जग्गामा खयर तथा बयर प्रशस्त रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij