• Friday 24th of July 2026

रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै, असुरक्षित स्थान भएको अधिकारकर्मीको भनाइ


  • आशाका किरण

बंगलादेशले बिहीबारदेखि सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकाको तल्लो टापुमा सार्न शुरू गरेको अधिकार समूहहरूले बताएका छन् ।

अधिकारवादी समूहहरूका अनुसार आँफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य भएको बताएका छन् ।

करीव १० लाख रोहिंग्यामध्ये अधिकांश २०१७ मा छिमेकी म्यानमारमा सैन्य आक्रमण भएपछि विस्थापित भई बङ्गलादेशको दक्षिणी क्षेत्रमा रहेका अव्यवस्थित शिविरहरूको विशाल नेटवर्कमा बस्दै आएका छन् ।

शरणार्थीमध्ये धेरैले म्यानमारमा आफूहरूको असुरक्षा भएको भन्दै फिर्ता हुन अस्वीकार गरेका थिए । तर बङ्गलादेशले उनीहरूमध्ये धेरै हिंसात्मक लागु औषध कारोबारको गिरोह रसक्रिय चरमपन्थीको साथमा सम्लग्न रहेको हुनसक्ने भन्दै उनीहरूलाई फिर्ता गर्न वा आफ्नो वस्तीहरूबाट टाढा पठाउन खोज्दै आएको छ । यसैकारण सरकारले शिविरहरू हटाउन हतार गरेको देखिन्छ ।

क्षेत्रीय प्रहरी प्रमुख अनवर हुसैनले एएफपीसँग शरणार्थीलाई सारिएकोबारे पुष्टि गर्दै भन्नुभयो, “बिहीबार २० वटा बसमा दुई पटक लगि करिब एक हजारभन्दा बढी शरणार्थीलाई कोक्स बजारबाट बन्दरगाह शहर चटगाउ आसपासका स्थानका शिविरमा सारिएको हो ।”

चटगाउँबाट शरणार्थीहरूलाई बङ्गलादेशको नौसैनिकको पानीजहाजबाट भसन चार टापुमा लग्न लागिएको अधिकारीहरूले बताए । बङ्गालको खाडी नजिकै रहेको ५२ वर्गकिलोमिटर खाली जमिनमा शिविर बनाई सरकारको पहलमा सेनाले उनीहरूलाई त्यहाँ राख्न लागेको हो ।

उक्त स्थानमा करिब एक लाख शरणार्थी राख्न सकिने गरी शिविरहरू बनाइएको छ । तर बङ्गालको खाडीबाट नजिक रहेको स्थान कोक्स बजारभन्दा निकै गहिराईमा रहेको र यहाँ केही वर्ष पहिले ठूला सामुद्रिक छाल आई करिब चारदेखि पाँच मिटर पानी भरिएको स्थानीयलाई उद्धृत गर्दै अधिकारवादी समूहहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij