• Friday 11th of September 2026

रोमानीयाको चुनावमा विपक्षीलाई झिनो अग्रता


  • आशाका किरण
A man cassts his ballot at a polling station in Bucharest during the parliamentary elections on December 6, 2020. - Romanians will vote on Sunday December 6, 2020 in legislative elections in which the pro-European liberals in power are favored, despite a criticized management of the coronavirus pandemic and an economic crisis that threatens to continue. (Photo by Daniel MIHAILESCU / AFP) (Photo by DANIEL MIHAILESCU/AFP via Getty Images)

बुखारेस्ट, २२ मंसिर (रासस–सिन्ह्वा) – रोमानीयाको मुख्य विपक्षी दल सोसल डेमोक्रेटिक पार्टी (पिएसडी) ले संसदको आमनिर्वाचनमा झिनो अग्रता कायम गरेको छ । करिब ९८ प्रतिशत मतगणना भइसक्दा पिएसडीले ३१ प्रतिशत मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार पूर्व अनुमान विपरीत सत्तारुढ दल नेसनल लिबरल पार्टी (एनएलपी)ले २६ प्रतिशत मतसहित दोस्रो स्थानमा पुगेको छ ।

संसदमा उपस्थिति जनाउन आवश्यक पर्ने ५ प्रतिशतको मतसीमा तीन वटा दलले प्राप्त गरेका छन् । प्राप्त विवरण अनुसार युएसआर–प्लस गठबन्धनले १५ प्रतिशत, अलायन्स फर युनिटी अफ रोमानियन्स (एयुआर) ले ९ प्रतिशत तथा डेमोक्रेटिक युनियन रोमानीयाले ६ प्रतिशत मत पाएका छन् ।

चुनावअघि गरिएका धेरैजसो मतसर्वेक्षणको प्रक्षेपणलाई गलत सावित गर्दै चुनावमा भिन्न नतिजा प्राप्त भएको छ ।

राष्ट्रवादी नारा दिएर गत वर्षमात्र गठन भएको युएसआर–प्लसले आश्चर्य चकित पार्दै संसदमा सम्मानजनक उपस्थिति जनाएको छ ।

कोरोनााभाइरस महामारीकै बीचमा सम्पन्न यस चुनावमा ७ हजार १३६ जना चुनावी मैदानमा उत्रिएका थिए । रोमानीयामा १ करोड ८० लाख मतदाता थिए । तर चुनावमा ३१.८४ प्रतिशत मात्र मतदान भएको थियो, र यो विगत ३० वर्षमै सबैभन्दा कम मतदान हो ।

चुनावी पछिल्लो मतपरिणामले संसदमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेका छैनन् । त्यसैले आगामी सरकार गठबन्धन स्वरुपको हुनेमा कुनै शंका छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij