• Friday 24th of July 2026

फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्धारकर्मीको मृत्यु


  • आशाका किरण
A helicopter flies in Brazil in 2014. Some helicopter trips — like personal or private helicopter rides — are more likely than others to end in a fatal accident.

२४ मङ्सिर (रासस,एएनआई) : फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिनुभएको छ । उहाँले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ ।
हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो ।

यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ ।प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij