• Saturday 25th of July 2026

कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु


  • आशाका किरण
Aerial view showing graves in the Nossa Senhora Aparecida cemetery in Manaus on June 21, 2020. - The novel coronavirus has killed at least 464,423 people worldwide since the outbreak began in China last December, being Brazil Latin America's worsthit country with 49,976 deaths from 1,067,579 cases. (Photo by MICHAEL DANTAS / AFP) (Photo by MICHAEL DANTAS/AFP via Getty Images)

५ पुस (रासस ÷एएफपी) चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भईसकेको छ । अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६५० जनाको मृत्यु भएको छ । त्यसैगरी भारतमा १ लाख ४५ हजार १३६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २४९ व्यक्तिको मृत्यु भएको छ । इटालीका कोरोना भाइरसबाट ६८ हजार ४४७ जनाको मृत्यु भएको छ ।

गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३४५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५ हजार २१३ जनाको मृत्यु भएको छ । इटालीमा ४ हजार ५०७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ हजार २३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९६८ जनाको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij