• Wednesday 9th of September 2026

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए । पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३.६४ ले घट्दा बैंकिङ १३.०४, व्यापार ११२.६१, होटल ५.९४, विकास बैंक १०, जलविद्युत् १०.६४, वित्त १०.२४, निर्जीवन बीमा १४४.८६, उत्पादन ११५.८३, लघुवित्त ४६.५३, जीवन बीमा ३८.८५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३१ करोड ७१ लाख ३६ हजार २७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ४४ लाख ३८ हजार ९६, चिलिमे हाइड्रोपावर रु २४ करोड ७९ लाख ४५ हजार ४२२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड तीन लाख ३० हजार ८०१, एनआइसी एशिया बैंक रु २२ करोड ६१ लाख ६०७, हिमालयन डिस्टिलरी रु २० करोड १७ लाख ६५ हजार ७२६, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख सात ६०६ र शिवम् सिमेन्ट रु १३ करोड ९० लाख ५३ हजार ३९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबार भएका कम्पनीमध्ये ११२ कम्पनीको शेयर उकालो लाग्दा ४७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै विभिन्न १६ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएको छैन । मल्टिप्रपोज फाइनान्स १०, मिर्मिरे माइक्रोफाइनान्स ९.९२, आइएमई जनरल इन्स्योरेन्स ९.९२, नारायणी डेभलमपेन्ट बैंक ९.९१, प्रभु लाइफ इन्स्योरेन्स ९.८३, गुर्खाज फाइनान्स ८.१३, सिभिल लघुवित्त ७.७६, एनएलजी इन्स्योरेन्स ७.४३ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले ७.३५ प्रतिशतले कमाए ।

त्यसैगरी एभरेष्ट बैंक ३.८१, खानीखोला हाइड्रोपावर ३.५७, कालिका पावर २.९१, रैराङ हाइड्रोपावर २.८०, रसुवागढी हाइड्रोपावर २.४१, पाँचथर पावर कम्पनी २.४०, जानकी फाइनान्स २.३३ र माउण्टेन इनर्जीका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij