• Friday 24th of July 2026

पर्सामा ८० प्रतिशत किसान धान खेतीतर्फ


  • आशाका किरण
wfg uf]8b} ls;fg k;f{, & ebf}M k;f{sf] kf]vl/of gu/kflnsfsf] j}l/ofdf wfg uf]8b} ls;fg . ;f]gf dG;'nL wfgsf] af]6df l;yAnfO6 /f]u nfu]kl5 ls;fg lrlGtt ePsf 5g . tl:a/M ljhos'df/ dxtf]÷/f;;

सरकारले निजीस्तरको गल्ला व्यापारीभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि पर्सा जिल्लाका किसान धान खेतीतर्फ आकर्षित हुँदै गएको छ ।

सरकारले पछिल्लो केही वर्षदेखि नेपाली धान खरीदको समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानको धान खरीद गर्न शुरु गरेको हो ।

सरकारले धान रोपाइँ नहँुदै गत असारमा धानको समर्थन मूल्य तोकेको थियो । जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८५५ तोकेको थियो । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा प्रतिक्विन्टल रु २०० भन्दा बढी मूल्य तोकेको हो । यसअघि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ५३१ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य दुई हजार ६७३ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो ।

आव २०७७÷७८ को नीति तथा कार्यक्रममा किसानको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने नीतिअनुरुप सरकारले धानको समर्थन मूल्य तोकेको हो । सरकारले निजीस्तरको गल्ला व्यापारीभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि किसान धान खेतीतर्फ थप आकर्षित हुन थालेका छन् । यता, रोग किराको प्रकोप, हावाहुरीले धानको बालामा दाना नलाग्नु तथा परागसेचन नभए पनि पर्सा जिल्लामा चालू आवमा रु सात करोड ४४ लाख १७ हजार मूल्य बराबरको दुई हजार ७५० मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रानीघाटले जनाएको छ ।

चालू आव २०७७÷७८ मा पर्सा जिल्लाका किसान ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरेकामा प्रतिहेक्टर चार दशमलव ८५ प्रतिशत उत्पादकत्वका हिसाबले दुई लाख २८ हजार ५६० मेट्रिक टन धान उत्पादन गरेको छ । जुन अघिल्लो आव २०७६÷७७ भन्दा दुई हजार ७२० मेट्रिक टनभन्दा बढी उत्पादन भएको देखिन्छ । किसानले अघिल्लो आव २०७६÷७७ मा ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरेकामा प्रतिहेक्टर चार दशमलव आठ मेट्रिक टन उत्पादकत्वको हिसाबले दुई लाख २५ हजार ८४० मेट्रिक टन धान उत्पादन भएको थियो । प्राप्त तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष रु सात करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको दुई हजार ७५० मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले राससलाई बताउनुभयो ।

धान खेती गर्दै आएका जिल्लाका ८५ प्रतिशत किसान यस वर्ष पर्सामा सोना मन्सुली, स्वर्णासव १, बास्मती, काला नमक, कतरनी, हर्दिनाथ १ र युएस ३१२, ६६४४ जातका धानको खेती गरी मगन्य आर्थिक लाभ लिन सफल भएका छन् । नगदे तथा मुख्य बालीका रुपमा रहेको धान खेतीलाई स्थानीय निकायले प्राथमिकतामा नराख्नु, समयमा मल खाद्य नपाउनु, बीउ उपलब्ध नहुनु तथा कृषि प्राविधिक नहुनु जस्ता कारणले यस वर्ष सोचेजस्तो धान उत्पादन नभए पनि गत वर्षको तुलनामा बढी उत्पादन भएको बागवानी अधिकृत श्यामकिशोर प्रसादले बताउनुभयो ।

यस वर्ष १५ बिघा क्षेत्रफलमा धानखेती गरेकामा मल खाद्य नपाएर भारतीय मलको प्रयोगले सोचेजस्तो धान उत्पादन हुन नसकेको बताउँदै वीरगञ्ज महानगरपालिका–१७ अलौँका किसान रामविनय यादवले भन्नुभयो, “समयमा मल खाद्य नपाउँदा भारतीय मलको प्रयोगले उत्पादनमा ह्रास आए पनि गत वर्षभन्दा यस वर्ष धान उत्पादन सन्तोषजनक भएको हो ।” भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा सिँचाइको अभावमा धान खेती प्रभावित भएको छ भने स्थानीय तहले कृषि प्राविधिकलाई अन्यत्र काममा लगाउने गरेकाले धान खेती प्रभावित हँुदै गएको किसानको जिकिर छ ।

सरकारले सोना मन्सुली धान उत्पादनमा प्रतिबन्ध लगाए पनि पर्सा जिल्लामा ७० प्रतिशत किसान सोना मन्सुली धान नै उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij