• Saturday 25th of July 2026

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो


  • आशाका किरण
Members of police K-9 squad lead a sniffer dog during a search for victims at a hospital building collapsed in Friday's earthquake in Mamuju, West Sulawesi, Indonesia, Sunday, Jan. 17, 2021. Rescuers retrieved more bodies from the rubble of homes and buildings toppled by the 6.2 magnitude earthquake while military engineers managed to reopen ruptured roads to clear access for relief goods. (AP Photo/Yusuf Wahil)

४ माघ (रासस÷सिन्ह्वा) : इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो ।

यस भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने ती मध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताउनु भएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भूकम्पका कारण १५ हजार भन्दा बढी मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका थिए भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताउनु भएको छ । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७।५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा गएको ९।१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij