• Friday 24th of July 2026

अल्जेरियाका राष्ट्रपति घर फिर्ता


  • आशाका किरण

१ फागुन (रासस÷सिन्ह्वा) : अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्किनु भएको छ । उपचारका लागि जर्मनी जानु भएका राष्ट्रपति अडेल्माड्जीड शुक्रबार स्वादेश फर्किनु भएको हो । उहाँलाइ सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

उहाँलाईल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो । सो विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ ।राष्ट्रपति अडेल्माड्जीड कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो । त्यसपछि उहाँलाई गतबर्षको डिसेम्बर २० तारिखकादिन स्वदेश ल्याइएको थियो ।

फेरी खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उहाँलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो । त्यसपछि अहिले फर्किनु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij