• Friday 24th of July 2026

नेप्सेमा २४ अङ्कको गिरावट, माथिल्लो तामाकोशीको शेयरमा सर्किट


  • आशाका किरण

आइतबार उच्च अङ्कले वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो लागेर दुई हजार ५१४.३९ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.७९ अङ्कले घटेर ४४८.८० मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड नौ लाख ३१ हजार ३१३ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड १३ लाख ३७ हजार २९० मा खरीद बिक्री भए । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब ७२ अर्ब ४७ करोड ४३ लाख ४० हजारको हाराहारीमा रहेको छ ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । होटेल तथा पर्यटन १०४.९७ र जलविद्युत् १०१.७३ अङ्कले वृद्धि भयो । बैंकिङ २१.४८, व्यापार १६.५, विकास बैंक १९.५३, वित्त ८.१९, निर्जीवन बीमा १८३.५८, उत्पादन १२९.२२, अन्य ३०.६२, लघुवित्त ९२.७८, जीवन बीमा ३१५.९६, सामूहिक लगानी कोष ०.०५ र लगानी उपसमूह १.४ अङ्कले घटेको छ ।

सोमबारको कारोवारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ७२६ मा कारोवार भयो । कूल रु ४६ करोड ९६ लाख ८९ हजार ८७६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल बङ्गलादेश बैंक रु ३१ करोड ४३ लाख ७३ हजार २०४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु २६ करोड २२ लाख ३९ हजार ९७०, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु २५ करोड ४० लाख ५० हजार ८८२, नेपाल पूर्वाधार बैंक रु १९ करोड ७७ लाख तीन हजार १००, नबिल बैंक रु ११ करोड ७३ लाख ११ हजार ७२७, शिवम् सिमेन्ट रु १० करोड ३३ लाख ८५ हजार २६८, नेरुडे लघुवित्त रु नौ करोड ४८ लाख १३ हजार ५०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र चन्द्रागिरि हिल्सको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको र छिट्टै बिजुली उत्पादन हुने समाचार सार्वजनिक भएपछि सो कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको आगामी वैशाख अन्तिम सातादेखि बिजुली उत्पादन गर्ने तयारी थालिएको छ ।

यस्तै लगातार उकालो लाग्दै आएको चन्द्रागिरिको पनि शेयर बढ्ने क्रम जारी रह्यो । अरुण भ्याली हाइड्रोपावर ७.४४, आँखु खोला जलविद्युत् कम्पनी ६.२१, बोमी लघुवित्त ५.९७, साञ्जेन जलविद्युत् कम्पनी ५.४१, ग्रिनलाइफ हाइड्रोपावर ५.३८, रसुवागढी हाइड्रोपावर ५.२५, चिलिमे जलविद्युत् कम्पनी ५.१८ र सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाए । यसैगरी पु्रडेन्सियल इन्सुरेन्स ४.७१, सपोर्ट माइक्रोफाइनान्स ४.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९९, आरम्भ चौतारी लघुवित्त ३.७८, कालिका माइक्रोक्रेडिट ३.७१, आरएमडिसी लघुवित्त ३.५७, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.५६, शिवम् सिमेन्ट ३.४२ र गरिमा विकास बैंकका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij