साताको पहिलो दिन नेपाली शेयर बजार मापक नेप्से परिसुचकमा उच्च गिरावट आएको छ । सुरु देखिनै लगातार घटेको बजार बन्द हुदा ३५ दशमलव ८९ अकंले घट्दै २ हजार ६ सय ९९ दशमलव ५१ विन्दुमा थामिएको छ । आजको बजारमा कारोवारमा आएको म्युयुअल फण्ट बाहेक अन्य सवै सुचकमा गिरावट आएको छ । घट्दो बजार पनि ४४ बटा कम्पनीका लगानीकर्ताले कमाएका छन भने १५५ बटा कम्पनीका लगानीकर्ताले गुमाउन पगेका छन् ।
