• Friday 24th of July 2026

सीइडीबी हाइड्रोपावरको आइपीओ वैशाख १७ देखि खुल्ने


  • आशाका किरण

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij