अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा चार करोड ५६ लाख भन्दा धेरै खुद नाफा आर्जन गरेकाे छ।
कम्पनीकाे तेस्राे साधारण सभामार्फत चार करोड ५६ लाख ३४ हजार ६ सय ७१ रुपैयाँ खुद नाफा आर्जन भएकाेबारे जानकारी दिइएकाे हाे।
बीमा कोषमा रु. ६ कराेड २३ लाख ७२ हजार ६ सय ५२रुपैयाँ संचित रहेको कम्पनीले जनाएकाे छ।
यस्तै कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको जनाएकाे छ।
