• Wednesday 9th of September 2026

शेयर बजारमा पहिरो, सबै सूचक राताम्मे


  • आशाका किरण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) राताम्मे छाएको छ । आज नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको छ भने ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यसैगरि, आज ५ वटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ भने १७६ वटा कम्पनीका लगानीकर्ताले आजको कारोबारबाट गुमाएका छन् ।

आज सर्वाधिक कारोबार भएको निफ्राको बजारमूल्य ५४१ मा झरेको छ भने ज्योति लाईफ इन्स्योरेन्सको पनि अध्याधिक कारोबार भएको छ । जसको शेयरमूल्य ८७३ मा झरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij