• Saturday 25th of July 2026

नेपालको आर्थिक वृद्धिबारे एडिबी आशावादी, ३.१ प्रतिशतको वृद्धि हुने प्रक्षेपण


  • आशाका किरण

एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा ३.१ प्रतिशत र अर्को वर्ष ५.१ प्रतिशतमा पुग्ने अनुमान गरेको छ ।  बुधवार एशियन डेभलपमेन्ट आउटलुक २०२१ प्रकाशित गर्दै बैंकले यस्तो अनुमान सार्वजनिक गरेको हो ।

नेपालमा कोरोनाको दोस्रो लहरका कारण लकडाउन सुरु हुने अघिल्लो दिन प्रकाशित यो रिपोर्टले गत आर्थिक वर्षमा नकारात्मक वृद्धि भएको अर्थतन्त्र चालु वर्ष धीमा गतिमा विस्तार हुने अनुमान गरेको छ । स्मरण रहोस्, अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्र १.९ प्रतिशतले ऋणात्मक भएको थियो ।

एडिबीले नेपालको मूल्य वृद्धिदर सन् २०२१ मा ५ प्रतिशत र २०२२ मा ६ प्रतिशतको हुने समेत अनुमान गरेको छ ।

त्यसैगरि, कुल ग्राहस्थ उत्पादनमा हुने बुद्धिबारे अनुमान गर्दै यस वर्ष १.७ प्रतिशत वृद्धि हुने अनुमान छ भने अर्को साल सन् २०२२ मा यस्तो वृद्धिदर ३.८ प्रतिशत हुने समेत रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij