स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ ।
त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १०० रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँ पुगेको हो ।
यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।
