• Wednesday 9th of September 2026

नेप्से परिसुचकमा सामान्य सुधार


  • आशाका किरण

साताको तेस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसुचकमा सामान्य सुधार देखिएको छ ।
नेप्से १ दशमलव ९४ अंकले बढ्दै २ हजार ६५४ दशमलव ६९ विन्दुमा पुगेर बन्द भएको हो । उता, सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ३२ अंक बढेर ४७५ दशमलव ४४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने कम भएको छ । सोमवार ७ अर्ब ५२ करोड ९२ लाख बराबरको भएकोमाआज ६ अर्ब ५ करोड २२ लाख बरावरको मात्र कारोबार भएको छ । यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा एनसीसी बैंकले ओगटेको छ । एनसीसी बैंकको आज २३ करोड ९ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो । आज लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij