• Wednesday 9th of September 2026

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ


  • आशाका किरण

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर १३२० रहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij