• Wednesday 9th of September 2026

नौं महिनामा प्रभु लाईफको बीमा शुल्क १ अर्बभन्दा बढी


  • आशाका किरण

प्रभु लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको नौं महिना अर्थात तेस्रो त्रैमाससम्म रू. १ अर्ब १३ करोड ९ लाख ९४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष ११७ प्रतिशत बढी कम्पनीले बीमाशुल्क आर्जन गरेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५२ करोड १० लाख ९५ हजार मात्र यो शुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीले १२ गुणा बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष ६८ जनालाई रू. ४२ लाख २३ हजार दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष २०४ जनालाई रू. ५ करोड ३४ लाख १९ हजार दाबी भुक्तानी दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij