• Wednesday 9th of September 2026

शेयर बजारमा हरियाली, सात कम्पनीमा उच्च सुधार


  • आशाका किरण

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचक साताको तेस्रो दिन आज दोहोरो अंकले बढेको छ ।
आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दुमा पुगेको छ भने ५ अर्ब ८१ करोड ६ लाख बराबरको कारोबार भएको छ । पूर्ण अनलाईन मार्फत कारोबार भैरहेको बजारमा मंगलवार कारोबार रकम पनि बढेको छ ।

सोमवार ४ अर्ब २० करोड ३८ लाख ३२ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलवार ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, २२० कम्पनीको ६२ हजार ६५९ पटकको व्यापारमा १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर कारोबार भएको हो । आज कारोबार भएका सबै उपसमूह बढेका छन ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बोटलर्स नेपाल, रु रु जलविद्युत परियाोजना, युनाईटेड मोदी हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र समता घरेलु लघुवित्त वित्तिय संस्था रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij