न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् ।
नेपाल बैंकर्स संघको विहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो ।
संघले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।
न्यूनतम ५० हजारभन्दा कम नगर्ने निर्णय भएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो ।
