आज अक्षय तृतीया । शिव–पार्वतीको विवाह भएको दिन साथै त्रेतायुग आरम्भको दिन । वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्वमा गरिएका हरेक पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने जनविश्वास छ ।
यस दिन धेरथोर दिइएको दानले अक्षय फल प्राप्त हुने, ब्रह्मा, विष्णु, शिव प्रसन्न रहने जनविश्वास छ ।
यो पर्वमा हिउँदेबालीका रूपमा रहेको जौलाई भुटेर सातु बनाई नयाँ अन्नको रूपमा देवतालाई चढाउने, आफूले पनि ग्रहण गर्ने आदि कार्यले हालसम्म निरन्तरता पाएको छ । बिरामीहरू खासगरी उच्च रक्तचाप र मधुमेहका लागि जौ र यसका परिकार विशेष खानाका रूपमा लिइन्छ ।
