• Thursday 10th of September 2026

अफगानिस्तानमा जारी हिंसामा महिला र बालबालिकासहित २० जनाको मृत्यु


  • आशाका किरण

७ जेठ (रासस÷सिन्ह्वा) : अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर यहाँका २० जना नागरिकको ज्यान गएको छ । ती आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको समाचारमा जनाइएको छ । गएको २४ घन्टा यता यी हिंसात्मक हमलाहरु भएका बताइएको छ ।

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा गराइएको एक शक्तिशाली विस्फोटनमा परेर एकै परिवारका चार जनाको बुधबार ज्यान गएको थियो ।उक्त प्रान्तका प्रान्तीय गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार एक जना व्यक्ति, उनकी श्रीमती र दुई जना बच्चाको ज्यान गएको छ ।

मोटर साइकलमा यात्रा गरिरहेका उनीहरको घर नजिकैको एक सडकमा विछ्याइएको विद्युतीय धरापमा परेर उनीहरुको ज्यान गएको थियो ।त्यसैगरी बुधबार राति पनि सोही प्रान्तको कारुम भन्ने स्थानमा पनि सडक छेउमा राखिएको बम विस्फोटमा परेर अरु तीन जना सर्वसाधारण मारिएका छन् ।

उनीहरु आफ्नो घरतर्फ गइरहेका बेला सडक किनारमा राखिएको बम अकस्मात विस्फोट भएको थियो । उता नान्गाहार प्रान्तमा पनि तालिबानहरुले गरेको आक्रमणमा परेर एक कारमा सवार रहेका पाँच जनाको ज्यान गएको छ ।

सो कारमा यात्रा गरिरहेका उनीहरुलाई तालिबानहरुले शक्तिशाली बम विस्फोट गराएका तथा कारमा गोली प्रहार गरेर हत्या गरेका थिए । यहाँ १ लाख १७ हजार ३६१ जनाको यही कोभिड १९ को संक्रमणबाट ज्यान गएको बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा चार सय जनाको हराहारीमा दिनहुँ मानिसहरु कोभिडबाट ज्यान गुमाइहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij