• Wednesday 9th of September 2026

राजनीतिलाई गिज्याउँदै शेयर बजार


  • आशाका किरण

साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले शेयर बजार पनि प्रभावित हुन्छ कि भन्‍ने आम अनुमान र आशंका थियो। कतिपयले अब सेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए। सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए। तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित गर्दै बुलिस बाटोमा दौडिएको छ।

आइतबार बजार खुल्न साथ सुरुमा ४५ अंकले ओरालो लागेको शेयर बजार एकछिनमै समालियो र हरियो मार्गतिर उन्मुख भयो। बजार अवधिभर गजबको उत्साह देखियो। नेप्से परिसूचकले अहिलेसम्मकै उच्च विन्दु चुमेर नयाँ रेकर्ड बनाएको छ।  नेप्से सूचक ३२.८१ अंकले बढेर २८२० विन्दुमा आइपुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो। करिब ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ। २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आइतबार विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको समूहमा उछाल देखिएको छ।  वाणिज्य बैंकहरूमा पनि विस्तारै उत्साह देखिन थालेको छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij