केबलकार चुँडिँदा इटालीमा १४ जनाको ज्यान गएको छ। खचाखच यात्रु बोकेर केबलमा कुदिरहेको केवलकार खस्दा १४ जनाको ज्यान गएको हो ।
ज्यान गुमाएकामध्ये पाँच जना इजरायली नागरिक भएको त्यहाँका विदेश मन्त्रालयले जनाएको छ। अधिकांशको दुर्घटनास्थलमै ज्यान गएको इटालीका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
