• Thursday 10th of September 2026

भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु


  • आशाका किरण

१० जेठ ¬(रासस÷सिन्ह्वा) : भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुइ लाख २२ हजार ३१५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना शुरु भएयता हालसम्म दुइ करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् । भारतमा अझै पनि २७ लाख २० हजार ७१६ जनामा सक्रिय संक्रमण छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार १६४ डोज खोप लगाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij