भारतमा कोरोना भाइरसका संक्रमितहरु घट्न थालेका छन । पहिल्लो २४ घण्टामा २ लाख ८२ हजार ९२४ जनालाई निको भएको छ । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो ।
त्यस्तै, पहिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ जना संक्रमित थपिएका छन् ।
भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए ।
अहिलेसम्म भारतमा २० करोड ६ लाख ६२ हजार ४५६ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।
