नेपालको आर्थिक अबस्था जोखिम बहन गर्न सक्ने अबस्थामा रहेको अर्थमन्त्रालले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७७÷७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थ सचिव शिशिर ढुंगानाले हालसम्मको नेपालको आर्थिक अबस्था ठूलो जोखिममा नरहेको बताएका हुन ।
उनले भने, ‘यो महामारीको बीचमा पनि रेमिट्यान्समा ८.६ प्रतिशतको वृद्धिदर छ । विदेशी विनिमय संचिति सन्तोष जनक रहेको छ ।’राजस्व संकलन पनि लक्ष नजिक रहेको उनले बताएका छन् । त्यस्तै, आन्तरिक खर्च व्यवस्थापन, व्यापार सन्तुलन र ऋण व्यवस्थापनमा मन्त्रालयले अन्य समयको जस्तै भएको बताएका छन् । उनले भने, ‘यो विषम परिस्थितिमा पनि कुल ग्राहस्थ उत्पादन(जिडीपी) मा लिइएको लक्षलाई पछ्याउन बाहेक अन्य सबै सूचकांक ठिक छन् ।’
सरकारले चालु वर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्यांक विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.०१ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने बताएका हुन्।
शुक्रबार अर्थमन्त्रालयमा भएको भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले आर्थिक वृद्धिमा राखेको लक्ष हासिल गर्न कठिन हुने बताएका छन् ।
