• Wednesday 9th of September 2026

यो साताको चार दिनमा ५० अर्ब बढीको शेयर कारोबार


  • आशाका किरण

यो साता चार कारोबार दिनमा रू. ५० अर्ब ७७ करोड २५ लाख ७ हजार बराबरको शेयर कारोबार भएको छ । गत साता भन्दा यो साता रू. १ अर्ब ८३ करोड ४ लाख १२ हजार कम शेयर कारोबार भएको हो । गत साता पाँच कारोबार दिनमा गत साता पाँच कारोबार दिनमा रू. ५२ अर्ब ६० करोड २९ लाख १९ हजार थियो ।

यो साता एक दिन कारोबार नभएकाले पनि रकममा कमि आएको हो । उता, कारोबार कित्ता भने यो साता बढेको छ । साताको अन्तिम कारोबार दिन हालसम्मकै उच्च रकम र उच्च कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन रू. १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर कारोबार भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij