• Wednesday 9th of September 2026

अर्को पुनर्बीमा कम्पनीले पनि पायो कारोबारको अनुमति


  • आशाका किरण

बिमा समितिले पुनर्बिमा कारोबारका लागि हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ । समितिमा प्रस्ताव पेश गरेका ५ कम्पनीबाट हिमालयन छानिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले २१ दिनको समय दिएर वैशाख १६ गते नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । उक्त समयभित्र हिमालयनका साथै अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि र जेन्युन रिले प्रस्ताव पेश गरेका थिए । समितिले गरेको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कम्पनीलाई अनुमति दिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij