• Wednesday 9th of September 2026

१ प्रतिशत व्याजमा पाइने ऋणको कार्याविधि असारभित्रै बन्ने


  • आशाका किरण

स्टार्टअप (नवप्रवर्तक) लाई १ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने बजेटको व्यवस्था कार्यान्वयन गर्न प्रक्रियागत तयारी असारभित्रै सकिने अर्थ मन्त्रालयले जनाएको छ । बजेटमार्फत सरकारले स्टार्टअपलाई परियोजना धितोमा राखी २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ ।

च्यालेन्ज फन्डमार्फत स्टार्टअपलाई १ प्रतिशत ब्याजदरमा ऋण दिने प्रावधान कार्यान्वयन गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीबीच सोमबार बैठकसमेत बसिसकेको अर्थ सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए । ‘स्टार्टअपलाई सहुलियत ऋण दिने प्रक्रिया असारभित्रै टुंग्याएर नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै कार्यान्वयनमा लैजाने हाम्रो तयारी छ,’ उनले भने, ‘यसअघि नै तयार भइसकेको कार्यविधि र मापदण्डलाई केही संशोधन गर्न मात्रै बाँकी छ ।’

‘युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाखसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइनेछ,’ अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा भनिएको छ । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण र अन्य सेवा प्रदान गर्न १ अर्बको च्यालेन्ज फन्ड स्थापना गरिएको बजेटमा उल्लेख छ ।

आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij