• Wednesday 9th of September 2026

छ महिना समय थपले निर्माण कार्य सम्पन्न गर्न नसकिने


  • आशाका किरण

नेपाल निर्माण व्यवसायी महासङ्घले ठेक्का लागेका आयोजनाहरूको ठेक्का अवधि छ महिना थप्दा पनि त्यो अपुग हुने जनाएको छ । सरकारले बजेटमार्फत म्याद सकिएका निर्माण सम्झौतालाई छ महिना म्याद थपको व्यवस्था गरेको थियो तर महासङ्घले छ महिना थपले निर्माण कार्य सम्पन्न गर्न नसकिने जनाएको छ ।

महासङ्घका महासचिव रोशन दाहालले भने, “छ महिनाले पुग्दैन, काम गर्न सकिँदैन । थपिएको छ महिना कहिलेदेखि लागू हुने हो भन्ने पनि स्पष्ट छैन । यही जेठबाट लागू भयो भने मङ्सिरसम्म जान्छ यो अवधि कामको सिजन होइन् वर्षात् हो । त्यसकारणले यसलाई मङ्सिरपछिको समयदेखि लागू गर्नुपर्छ, निर्देशिका स्पष्ट आउनुपर्छ । ” २०७७ चैत मसान्ततिर म्याद सकिएका सम्झौताको छ महिना थप गरे पनि बन्दाबन्दीका कारण सोही बेला काम गर्न नसकिएको उनको भनाइ छ ।

म्याद थप नहुँदा भुक्तानी नपाइएको महासङ्घले जनाएको छ । निर्माण कार्य सम्पन्न भइसकेका र निर्माण हुँदै गरेका आयोजनाका पाउनुपर्ने भुक्तानी नपाउँदा व्यवसायीहरू थप सङ्कटमा परेको भन्दै बाँकी भुक्तानी असार मसान्तसम्म दिन सरकारी निकायलाई महासङ्घले आग्रहसमेत गरेको छ ।

आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij