• Wednesday 9th of September 2026

कमोडिटी डेरिभेटिभ बजार सञ्चालन गर्न उपप्रधान तथा अर्थमन्त्रीको निर्देशन


  • आशाका किरण

नेपालमा वस्तु विनिमय (कमोडिटी डेरिभेटिभ) बजार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘आर्थिक वर्ष २०७८र७९ को बजेटमा पुँजी बजारसम्बन्धी केही महत्त्वपूर्ण दृष्टिकोण अगाडि सारिएका छन् । विशेषगरी वस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट प्रस्तुत गरिएकाले यसका लागि बोर्डले आवश्यक गृहकार्य गरी समयमै वस्तु विनिमय बजारको आरम्भ गर्न प्रभावकारी कदम चालोस् ।’

पछिल्ला दिनमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको, लगानीकर्ताको संख्या तथा लगानीको आकार बढ्दै गएको सन्दर्भलाई सरकारप्रति लगानीकर्ताको विश्वासका अर्थमा बुझेको उनले बताए । पुँजी बजारका क्षेत्रमा कुनै पनि अनियमितता हुन नदिई लगानीका क्षेत्र र दायरा विस्तार गरी मुलुकको आर्थिक वृद्धिमा बोर्डले महत्त्वपूर्ण भूमिका खेल्न पनि उनले नियामक निकायलाई आग्रह गरे ।

आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij