• Wednesday 9th of September 2026

शेयर बजारमा अस्वाभाविक उछाल आएको सेबोनको निष्कर्ष


  • आशाका किरण

सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययनले निकालेको हो ।

मंगलबार प्रकाशित कान्तिपुरको समाचारमा लेखिएको छ: ‘प्रतिवेदनमा सिधै बजारमा चलखेल भयो भनेर उल्लेख नगरिए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतले जनाएको छ ।’

गत असारको तुलनामा केही कम्पनीको सूचीकृत मूल्यमा अस्वाभाविक वृद्धि देखिएको र उच्च मूल्य वृद्धिको यथोचित कारण यकिन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यही आधारमा बजारमा सबै कम्पनीको मूल्य वृद्धि अस्वाभाविक भएको रूपमा बुझ्न नहुने बोर्ड स्रोतले बताएको छ । बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पनि बुझाएको छ । बजार सुधारका लागि केही पक्षमा अर्थ मन्त्रालयको सहयोग र समन्वय पनि आवश्यक देखिएकाले बोर्डले प्रतिवेदन बुझाएको हो ।

आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij