लगातारको वर्षाले गर्दा आएको बाढी, पहिरो र डुबानका कारण विभिन्न जलविद्युत आयोजनाहरूमा ठुलो क्षति पुगेको छ । बाढीका कारण १० अर्व भन्दा बढीको क्षति विभिन्न जलविद्युत आयोजनाले व्यहोरेको जलविद्युत उत्पादकहरूले अनुमान गरेका छन् ।
उत्पादन सुरु गरेका जलविद्युत आयोजनादेखि वितरण प्रणाली र निर्माणाधीन आयोजनामा समेत उल्लेख्य क्षति भएको छ । सवैभन्दा बढी क्षती दोर्दी कोरिडोरका पाँचै वटा जलविद्युत आयोजनाहरूमा परेको छ । त्यस्तै, महावीर जलविद्युत आयोजना (गण्डकी) र निर्माणको अन्तिम चरणमा पुगेको सुपर मादि जलविद्युत आयोजना मा पनी क्षती पुगेको छ ।
क्षतिका कारण निजी क्षेत्रमा लगभग २ सय मेगावाट र सरकारी क्षेत्रका लगभग ३ सय मेगावाटको जलविद्युत उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) ले जनाएको छ । बाढी, पहिरो र डुबानका कारण क्षति निर्माणाधीन आयोजनाहरूको निर्माण पुरा हुने समय सीमा अझ पर धकेलीने अनुमान लगाउन सकिन्छ ।
धकेलिएको उनी बताउँछन् । बाढी, पहिरोका कारण मादि कोरिडोरका दुई वटा, रुदि खोलाको दुई वटा, मोदीको ३ वटा, इन्द्रावतीको ४ वटा र पूर्वतिरका २ वटा जलविद्युत आयोजना बन्द भएका छन । समा निजी क्षेत्रमा लगभग २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, सरकारी कालिगण्डकी, मध्य–मस्र्याङ्दि, अपर मस्र्याङ्दि लगायत अन्य गरी ३०० मेगावाट जति जलविद्युत् उत्पादन बन्द भएको हुन सक्ने अनुमान लगाइएको छ ।
देशको कठिन भूगोल र मौसमी जटिलताका कारण जलविद्युत पूर्वाधारको पुनर्निर्माण काम थप चुनौतीपूर्ण बनेको छ ।
