• Saturday 25th of July 2026

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब


  • आशाका किरण

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ बिन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ ।

कूल २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर रु पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूहको शेयर ६६.१९ बिन्दुले घट्दा अन्य १२ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बीमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४५ करोड ४७ लाख ४७ हजार १८८ बराबरको कारोवार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३५ लाख ३३ हजार २६८, एनआइसी एशिया बैंक रु १९ करोड ९५ लाख १९ हजार ८९१, निर्धन उत्थान लघुवित्त रु १९ करोड ९० लाख ६१ हजार ९८० र नबिल बैंक रु १८ करोड ३० लाख ९० हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रागेसिभ फाइनान्स ६.५९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए । यसैगरी, सानिमा लार्ज क्याप फण्ड ३.०८, सिइडिबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आइएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij