• Wednesday 9th of September 2026

दूध उत्पादक किसानलाई अनुदान


  • आशाका किरण

कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष रु २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो ।
दूधको उत्पादन बढाउन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले दूधमा प्रतिलिटर रु १।२५का दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा टेकराज पौडेलले बताउनुभयो ।

जनकल्याण दुग्ध विकास सहकारी संस्था,साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत नगरपालिकाभित्रका एक हजार ५०० दूध उत्पादक किसानलाई २२ लाख ५४ हजार ३१५ लिटर दूधको रु १।२५ का दरले गत आवमा अनुदान प्रदान गरिएको उहाँको भनाइ थियो ।

कावासोती कृषिका लागि उर्बर क्षेत्र भएकाले त्यहाँ लगानी बढाउनाका साथै माछापालन, मौरीपालन र धानखेती गर्ने किसानलाई समेत अनुदान प्रदान गरिएको नगर उपप्रमुख पे्रमशङ्करमर्दनीया थारूले बताउनुभयो । नगरभित्रका विभिन्न वडालाई माछा, मौरी, धान, दूधको पकेटक्षेत्र निर्धारण गरी उत्पादन बढाउन अनुदान दिनाका साथै गत वर्ष धानखेती गर्ने दुई हजार ५०० किसानलाई बीउमा समेत अनुदान प्रदान गरिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij