• Saturday 25th of July 2026

प्रदेश नं १ मा गएको वर्षभन्दा बढी रोपाइँ


  • आशाका किरण

प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत जमीनमा रोपाइँ भएको छ । गत वर्ष ९३ दशमलव ९५ प्रतिशत जमीनमा रोपाइँ भएको थियो ।
चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएकामा तीमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको कृषि निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

यसवर्ष उच्च पहाडी क्षेत्र ताप्लेजुङमा आठ हजार ५६२, सङ्खुवासभामा १३ हजार १५८ र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।
यस्तै मध्यपहाडी क्षेत्र पाँचथरमा आठ हजार २८२, इलाममा ११ हजार ८५२, भोजपुरमा १६ हजार १०१, तेह्रथुममा आठ हजार ९५४, धनकुटामा छ हजार ३६०, उदयपुरमा १२ हजार ५७७, ओखलुढुङुगामा चार हजार १८२ र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ भने तराईका तीन जिल्लामध्ये सुनसरीमा ५३ हजार ९००, मोरङमा ८१ हजार ६३४ र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

उच्च पहाडका तीन जिल्लामा २३ हजार २४५, मध्यपहाडका आठ जिल्लामा ८० हजार ६९२ र तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । तुलनात्मक रूपमा हेर्दा उच्च पहाडमा ९६, मध्य पहाडमा ८८ दशमलव ७६ र तराईमा ९७ प्रतिशत जग्गामा रोपाइँ भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij