• Wednesday 9th of September 2026

नेप्से र कारोबार रकम दुवैमा ओरालो


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।
नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ । कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १६.४३, व्यापार ३८.५६, होटल तथा पर्यटन ०.९६, विकास बैंक १८६.१३, वित्त ११३.८८, उत्पादन १२७.०५, अन्य ३७.५२, लघुवित्त २३.४७, जीवन बीमा ३४२.०२, सामूहिक लगानी कोष ०.१४ र लगानी ३.५१ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ३२ करोड ९९ लाख ९८ हजार ४५८, ङादी ग्रुप अफ पावर रु २३ करोड ३१ लाख ४६ हजार ९५३, युनाइटेड मोदी रु २२ करोड २० लाख ७४ हजार ८८२ र हिमालयन डिस्टिलरी रु २० करोड १० लाख ७९ हजार २९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण रु ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुगेको छ । नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । चन्द्रागिरी हिल्स ५.२३, खानीखोला हाइड्रोपावर ५ र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले कमाए ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ६.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ६.४८, अरुण काबेली पावर ६.०९, एनआरएन इन्फास्ट्रकचर ५.८८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij