• Wednesday 9th of September 2026

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम बढेन


  • आशाका किरण

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो । मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ । यस्ते, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । कूल २१७ कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर रु ६ अर्ब १७ करोड ९३ लाख १५८ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लाग्यो । बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत् १६९.४४, वित्त २०७.९३, निर्जीवन बीमा ४४१.८७, उत्पादन १८२.३१, अन्य ४१.७३, लघुवित्त १७०.७३, जीवन बीमा ५५१.७५, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.८९ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २३ करोड ३४ लाख ८५ हजार ५११ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १८ करोड ४८ लाख ७४ हजार ५६६, आरएमडीसी लघुवित्त रु १६ करोड ९९ लाख ६८ हजार ८६३, हिमलायन डिस्टिलरी रु १५ करोड ४८ लाख ८९ हजार ६४९ र अपि पावर कम्पनी रु १३ करोड ५३ लाख ७१ हजार ७३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

१४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

कारोबारका आधारमा आज विभिन्न १४ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेका छन् । त्यसमा प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स कम्पनी, गुह्ेश्वरी मर्चेनट बैंक, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंकलगायत छन् । त्यस्तै, मञ्जुश्री फाइनान्स १.४९, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ०.२८, नबिल इक्विटी फण्ड ०.२६ र एनसिसि बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij