• Wednesday 9th of September 2026

टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति


  • आशाका किरण

बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ।
मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्यहाँका घर, बिजुली आपूर्ति र रूखहरूमा व्यापक क्षति पुगेको समाचारहरू प्राप्त भएका छन् ।
समाचारअनुसार २५ देखि ३० किलोमीटर सम्मका आपूर्ति लाइनहरूमा व्यापाक क्षति पुगेको छ। त्यो क्षेत्रमा चट्याङ् आउँन सक्ने हुनाले सतर्क रहन समेत आग्रह गरिएको छ। यस किसिमका टोर्नाडो आउँनु अष्ट्रेलियामा सामान्य जस्तै भए पनि क्षति भने कमै हुने गर्छ। यसै बीच न्यु साउथ वेल्सको आपत्कालीन सेवा विभागले उच्च जोखिमका क्षेत्रमा सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij