• Wednesday 9th of September 2026

नेप्सेमा ३२ अङ्कको गिरावट, तीन कम्पनीको शेयरमा सर्किट


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३२ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुगेको छ ।

ठूला कम्पनकिो शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर रु तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ११८.१३, अन्य ४.५६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ । यस्तै बैंकिङ २०.६, होटल तथा पर्यटन ४४.१५, विकास बैंक १५५.७५, जलविद्युुत् ८२.५१, वित्त ६८.९६, निर्जीवन बिमा १०४.५७, उत्पादन १०२.९७, लघुवित्त ३८.२२, जीवन बिमा १०१.४२ र लगानी १.०९ अङ्कले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ७७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै अपि पावर कम्पनी रु १० करोड ८३ लाख ३२ हजार ७३०, मेगा बैंक रु १० करोड नौ लाख पाँच हजार ४७०, हिमालयन डिस्टिलरी रु नौ करोड ८४ लाख ६५ हजार ८२० र नेपाल पुनरबिमा कम्पनी रु नौ करोड ४० लाख ३५ हजार ८३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रुरु जलविद्युत् परियोजना ६.०५ र सिभिल लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले कमाए ।

त्यस्तै गुडविल फाइनान्स ६.८६, प्रिमियर इन्स्योरेन्स ६.२९, हिमालयन पावर पार्टनर ६.२२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.६३ र वरुण हाइड्रोपावरका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाए । शेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij