• Monday 26th of October 2026

वर्षाले कृषि बालीलाई राहत


  • आशाका किरण

वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताउनुभयो । उहाँका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ । स्थानीयवासी सरस्वती सोमैले भन्नुभयो “काउली बन्दामा नियमित बिहान साँझ पानी बोकेर बिरुवाको फेदमा मात्रै राखिन्थ्यो, दैनिक पानी बोक्दा निकै सास्ती हुन्थ्यो, अहिले फल लाग्ने बेलामा पानी परेपछि धेरै सजिलो भयो ।”

कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखोबारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका काउली, बन्दा, आलु, सागलगायतका विभिन्न कृषि बालीलाई समयमा नै पानी परेपछि धेरै राहत मिलेको अगुवा कृषक दिलबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij